नेपाल एयरलाइन्सको रुम्जाटार उडान बिहीबार बिहान, समिट एयरले पुनः दशै अघि उडान भर्ने

नेपाल एयरलाइन्सको रुम्जाटार उडान बिहीबार बिहान, समिट एयरले पुनः दशै अघि उडान भर्ने


ग्लोब नेपाल
7.9k
Shares

काठमाडौं । नेपाल एयरलाइन्सले प्रत्येक बुधबार उडान गर्ने भनेको काठमाडौं–रुम्जाटार–काठमाडौंको उडान यसपटक बिहीबार बिहानलाई सारेको छ । एयरलाइन्सले ओखलढुंगा रुम्जाटारको उडान बिहीबार बिहान ६:३० बजे समय निर्धारण गरेको छ । बिहीबारको उडानको सम्पूर्ण टिकट बिक्री भइसकेको एयरलाइन्सले जनाएको छ ।

समिट एयरले चाहिँ दशैंको टिकाभन्दा अगाडि नै काठमाडौं–रुम्जाटार–काठमाडौंको उडान गर्ने ओखलढुंगाबाट निर्वाचत सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् । उनले भने, ‘समय तालिका सार्वजनिक भएको छैन, तर दशैंको टिका अगाडि नै समिट एयरले रुम्जाटार उडान भर्नेछ ।’

गत असोज २० गतेबाट दुईवटा एयरलाइन्सले साताको दुई पटक काठमाडौं–रुम्जाटार–काठमाडौं उडान सुरु गरेका हुन् । झन्डै पाँच वर्षपछि सांसद खतिवडाको पहलमा रुम्जाटारमा उडान सुरु भएको हो । काठमाडौं–रुम्जाटारको भाडा ४ हजार ८ सय र रुम्जाटारबाट काठमाडौं आउँदा ४ हजार ६ सय कायम गरिएको छ ।