प्रधानमन्त्रीले बोलाए राष्ट्रिय परिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय परिषद्को बैठक



काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

बैठकमा बाढी पहिरो प्रभावितक क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाका के–के कार्यक्रम लैजाने भन्नेबारे छलफल हुनेछ । बाढीपहिरो प्रभावित क्षेत्रका बस्ती सारेर सुरक्षित स्थानमा एकीकृत बस्तीहरु निर्माण गर्न बैठकले निर्णय गर्ने तयारी छ ।

त्यसअघि बिहीबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिकाे बैठक बस्ने भएको छ । गत ११ र १२ असोजमा गएको बाढी पहिरो प्रभावातिहरुका लागि विभिन्न नीतिगत निर्णयहरु गर्न बैठक बोलाइएकाे हाे ।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनअनुसार गठित समिति र परिषद् बैठकमा छलफल गर्न विभिन्न एजेन्डाहरु तय भइसकेका छन् । बिहीबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा कार्यकारी समिति बैठक बस्नेछ ।

स्रोतका अनुसार बैठकले संकटग्रस्त घोषणा भएका स्थानीय तहहरुको अवस्थबारे छलफल गर्नेछ । अस्थायी आवास निर्माणलाई प्राथमिकता दिने गरी केही निर्णयहरु पनि गर्ने सम्भावना छ । प्रभावित क्षेत्रमा कस्ता कार्यक्रमहरु लैजाने भन्नेबार छलफल हुने छ ।