कम्युनिष्ट एकताबारे जनार्दन र घनश्यामले गरे छलफल

कम्युनिष्ट एकताबारे जनार्दन र घनश्यामले गरे छलफल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालबिच भेटवार्ता भएको छ ।

दुई नेताबिच बिहीबार करिब एक घण्टा भएको छलफलमा कम्युनिस्ट पार्टीबिचको सहकार्य, एकता, आन्दोलन, पछिल्लो देशको अवस्था तथा राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ ।

छलफलमा देशको राजनीतिक अवस्था र अबको समाजवादी क्रान्तिको नेतृत्व सबै कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्दा मात्र सम्भव भएको र यसका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ ।

यसअघि माओवादी केन्द्रका उपमहासचिव शर्माले कम्युनिष्ट पार्टी एक हुनुपर्ने विषयमा नै केन्द्रित रहेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग छलफल गरेका थिए ।