सन्दीप लामिछाने आजै अमेरिका जाँदै

सन्दीप लामिछाने आजै अमेरिका जाँदै



काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले आजै अमेरिका उड्ने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा उपलब्ध गराएसँगै उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्नेछन् । टोलीका अन्य सदस्य भने क्यानडामा लिग–२ खेलेर अमेरिका पुगिसकेका छन् ।

अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्नेछ । लिग–२ मा तेस्रो टोलीको रूपमा स्कटल्यान्ड रहेको छ ।