पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार, एक जना पक्राउ

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार, एक जना पक्राउ



काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र अझै छाेड्न मानेका छैनन् ।

अटेरी गरे थप बल प्रयाेग गर्न बाध्य हुने प्रहरीले माइकिङ गर्दै चेतावनी दिइरहेको छ ।

प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।

केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो । उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।