६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि

६० वर्षकी ह्यारिसलाई ट्रम्पको उमेरबारे कुरा गर्न रुचि



अटलान्टा । अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति उमेदवार बनेका ७८ वर्षीय डोनाल्ड ट्रम्पसँगको कडा चुनावी प्रतिस्पर्धाको अन्तिम चरणमा कमला ह्यारिस आइतबार ६० वर्ष पुग्दैछिन् ।

उमेर पनि एउटा महत्त्वपूर्ण कारक बनेको छ । वृद्ध उमेरकै कारण निर्वाचन अभियानमा राष्ट्रपति जो बाइडेनले आफ्नो क्षमताप्रतिको चिन्ताले चुनावी दौड परित्याग गरे । त्यसपछि ह्यारिसले ह्वाइट हाउसका लागि ट्रम्पको मानसिक स्वस्थतामाथि लगातार प्रश्न गरिन् ।

मतदान हुने दिनभन्दा मात्र दुई साताअघि डेमोक्रेटिक उपराष्ट्रपति र रिपब्लिकन अर्बपति कडा दौडमा छन् । सर्वेक्षणहरूले प्रभावकारी रूपमा दुवैजना बराबरीमा रहेको संकेत गरेका छन् ।

दुवै उमेदवार आइतबार फेरि पेन्सिल्भेनियामा हुनेछन् । पेन्सिल्भेनियालाई नोभेम्बर ५ को परिणाम निर्णय गर्ने अपेक्षा गरिएका सात प्रमुख राज्यमध्ये जित्नै पर्ने ‘युद्धभूमि’ मानिन्छ ।

ट्रम्पविरुद्धको बहसले डेमोक्रेटिक पार्टीमा आफ्नो मानसिक तीक्ष्णताबारे चिन्ता उठाएपछि बाइडेनले ह्यारिसलाई उमेदवारी हस्तान्तरण गरे । तर सर्वेक्षणहरूले कडा प्रतिस्पर्धा हुने देखाएकाले ट्रम्पको उमेर मतदाताहरूका लागि सम्झौताको विषय नभएको देखिएको छ ।

“अहिले उहाँ थकानका कारण बहसहरूबाट भाग्दै हुनुहुन्छ र अन्तर्वार्ताहरू रद्द गर्दै हुनुहुन्छ”, ह्यारिसले शनिबार अटलान्टामा ट्रम्पको भद्दा र स्क्रिप्टबाहिरका भाषणहरूप्रति व्यंग्य गर्दै भनिन्, “उहाँले यसलाई बुनाइ भन्नुभएको छ । तर हामी यहाँ यसलाई बकवास भन्नेछौँ ।”

ह्यारिसले अक्टोबर १२ मा ट्रम्पको ‘उत्कष्ट स्वास्थ्य’को वर्णन गरिएको रिपोर्टका साथ ट्रम्पलाई उक्साउने प्रयास गरेकी थिइन् । तर, पूर्वराष्ट्रपतिको अभियानले उनी पनि ‘कमान्डर–इन–चिफ हुन पूर्ण र उत्कृष्ट स्वास्थ्यमा रहेको’ उल्लेख गरेको थियो ।

ह्वाइट हाउसका लागि दोस्रो कार्यकालको प्रतिस्पर्धा गरिरहेका ट्रम्पले शनिबार पेन्सिल्भेनियामा लामो भाषण गर्दै ह्यारिसका आरोपहरूको जवाफ दिएका थिए । एक दिनअघि उनले ह्यारिससँग ‘खरायोको जस्तो ऊर्जा छैन’ भनेका थिए ।

दुवै उमेदवारले आफ्ना प्रतिनिधिहरूसँगै आफ्ना अन्तिम अभियानका दिनहरू महत्त्वपूर्ण राज्यहरूमा बिताइरहेका छन् ।

जित्नैपर्ने राज्यमा शृ्ंखलाबद्ध कार्यक्रमहरू आयोजना गर्दै टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले व्यक्तिगत रूपमा पेन्सिल्भेनियामा अभियान चलाइरहेका छन् ।