च्यासलमा एमाले सचिवालय बैठक जारी

च्यासलमा एमाले सचिवालय बैठक जारी



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ । केन्द्रीय मूख्यालय च्यासलमा बैठक भैरहेकाे हो ।

बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालय सदस्यहरू सहभागी हुन पुगेका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएकाे छ ।

गत २४ असोजको सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङले जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने प्रस्ताव स्वीकार्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णयप्रति आलोचना भइरहेको छ । एमालेका कतिपय नेताहरूले व्यवसायीबाट कार्यालय भवन बनाउन जग्गा लिन नहुने बताइरहेका छन् । त्यसबारे समेत यो सचिवालय बैठकमा छलफल हुने अनुमान गरिएको छ ।