सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमान

सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमान



काठमाडौं । आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।

आइतबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।