एनपीएलका लागि कर्णाली याक्सले भित्र्यायो पाकिस्तानी अलराउन्डर हुसैन

एनपीएलका लागि कर्णाली याक्सले भित्र्यायो पाकिस्तानी अलराउन्डर हुसैन



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई भित्र्याएको छ ।

कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत एनपीएलका लागि पाकिस्तानी अलराउन्डर तलातलाई अनुबन्ध गरेको जानकारी दिएको हो । कर्णाली याक्सले २८ वर्षीय तलातलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्धन गरेको हो । तलात टेस्ट राष्ट्रबाट एनपीएलका लागि अनुबन्ध हुने पहिलो खेलाडी पनि बनेका छन् ।

पाकिस्तानको राष्ट्रिय टिमबाट तलातले टी-२० आईका १८ खेलमा ३९४ रन बनाएका छन् । सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै तलातले टी-२० आई क्रिकेटमा डेब्यु गरेका थिए ।

कर्णालीका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी हुन् । कर्णालीले टिमको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।