अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित

अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित



काठमाडौं । सोमबार पाँच बजेका लागि बाेलाइएको मन्त्रिपरिषद्को नियमित बैठक अन्तिम समयमा स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी बोलाएको बैठक अचानक स्थगित गरिएको हो ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्ने चर्चाका बीच बैठक स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरीएकाे छ । स्थगित गर्नुकाे कारण भने खुलाइएको छैन ।

एक मन्त्रीले बैठक स्थगित भएको म्यासेज आएको बताए । उनका अनुसार बिहीबार पाँच बजेका लागि बैठक बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै अध्यादेशबारे प्रयास गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेससँग सहमति भइसकेकाे छैन। आजको बैठक स्थगित हुनुमा पनि सोही कारण रहेको हुनसक्ने अनुमान छ ।