काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीसम्वद्ध विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
माओवादीको घोषित आन्दोलन बमोजिम क्रान्तिकारीसम्बद्ध विद्यार्थीहरूले मंगलबार साँझ मसाल जुलुस निकालेका हुन् ।
सरकारको विरोध गर्दै माओवादी विद्यार्थीले त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
माओवादीले विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारी र योजनाविहीनताका कारण बेपत्ताको खोजी, उद्धार, राहत वितरण, घाइतेको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन आन्दोलन थालेको जनाएको छ ।
प्रतिक्रिया