सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगराैं : विश्वप्रकाश शर्मा

सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगराैं : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल एक्समार्फत रास्वपाले गरिरहेको सडक प्रदर्शनतर्फ लक्षित गर्दै उनले रुवावासी बन्द गर्न आग्रह गरेका हुन् ।

उनले उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जग हँसाई नगरौँ ।’

दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता भएको उनले उल्लेख गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेपछि रास्वपाका नेता तथा कार्यकर्ताले झुटो मुद्दामा सरकारले लामिछानेलाई पक्राउ गरेको आरोप लगाउँदै लगातार सडक सङ्घर्ष गरिरहेको छ ।