दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकोमा राष्ट्रपतिसँग विपक्षीको गुनासो

दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेकोमा राष्ट्रपतिसँग विपक्षीको गुनासो



प्रतिपक्षी दलहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी सरकारले ल्याउन लागिएको दल विभाजनसम्बन्धी अध्यादेशबारे ध्यानाकर्षण गराएका छन् । बुधबार प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसहितका शीर्ष नेताहरूले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको स्रोतले जानकारी दिएको छ ।

विपक्षी दलहरूले यसअघि प्रधानमन्त्री केपी ओलीलाई बुझाएको १३ बुँदे ज्ञापनपत्रको विषय समेत ब्रिफिङ गरेका थिए । सरकारले विपद् व्यवस्थापनको विषयमा ध्यान नदिएको, सत्ता पक्ष र विपक्षी दलहरू मिलेर राष्ट्रिय समस्या समाधान गर्नुपर्ने बेलामा दल विभाजन गर्नतिर उद्धत रहेको लगायत विषयमा राष्ट्रपतिसमक्ष ब्रिफिङ गरिएको कार्यदल सदस्य एवं माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन ।

जवाफमा राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखको हैसियतमा संविधानले दिएको कर्तव्यभित्र बसेर काम गर्ने बताएका थिए । लोकतन्त्रलाई बलियो र सुदृढीकरणको पक्षमा आफू सधैँ रहने प्रतिबद्धता जनाएको बस्नेतले जानकारी दिए ।