जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक : प्रधानमन्त्री

जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न आवश्यक भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा संयुक्त राष्ट्र संघ दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमनदीहरू पग्लिनु, अप्रत्यासित मनसुन परिवर्तन हुनु र प्राकृतिक प्रकोपहरूमा वृद्धि हुँदा नेपालले ठूलो जनधनको क्षति भएको बताए ।

नेपालमा हालै आएको विपद्ले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपालजस्ता जलवायु परिवर्तनको कारण समस्यामा रहेका देशहरूलाई आर्थिक सहयोग गर्नुपर्ने बताए ।

मानव जातिको साझा खतराविरूद्ध सामूहिक रूपमा लड्ने बेला भएको उनले बताए ।

जलवायु विपद्सँग लड्न नेपाल आफ्नो भूमिका खेल्न तयार रहेको भन्दै जलवायु लचिलोपन र दिगोपनलाई प्राथमिकता दिने विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न तयार रहेको उनले बताए ।

उनले नेपाल संयुक्त राष्ट्र संघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताए । शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासहरूलाई समर्थन गर्न नेपाल प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र महासभाले जलवायु परिवर्तन, जैविक विविधताको हानि र वातावरणीय ह्रासका बढ्दो प्रभावहरूलाई प्राथमिकता दिनेमा विश्वस्त रहेको बताए ।