गगन थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच दिल्लीमा भेट

गगन थापा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच दिल्लीमा भेट



काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापा र भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच दिल्लीमा भेटवार्ता भएको छ ।

चौथाइवालेले सामाजिक सञ्जाल एक्समा थापासँगको भेटको तस्वीर पोस्ट गरेका छन् । तस्वीरसँगै उनले थापासँग द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताएका छन् । भाजपा विदेश विभाग प्रमुख नेपाल आइरहने भाजपाका उच्च नेतामा पर्छन् ।

थापा मंगलबार भारत प्रस्थान गरेका थिए । उनी एसियन क्लाइमेट समिटमा सहभागी हुन दिल्ली गएका हुन् ।