सरकारको १०० दिनलाई राम्रै मानेको छु : सभापति देउवा

सरकारको १०० दिनलाई राम्रै मानेको छु : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिन सन्तोषजनक रहेको बताएका छन् ।

सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको उनले बताए । ‘सय दिनलाई मैले त राम्रो मानेको छु’, उनले भने, राम्रो काम गरेको छ ।’

बाढी पहिरोमा पनि सरकारले उद्धार र खोजी गरेको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने र त्यसपछि डेढ वर्ष आफूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले भने, ‘कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर ? ठिक छ, सबैको राम्रो छ सय दिनको काम ।’

वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले-कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताए ।

सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरु आउनु स्वभाविक रहेको बताए ।