रवि लामिछाने पक्राउकाे विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन

रवि लामिछाने पक्राउकाे विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माइतीघर मण्डला क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले पोखरापछि शुक्रवार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति लामिछाने २ कात्तिकमा पार्टी मुख्यालय वनस्थलीबाटै पक्राउ परेका थिए ।

पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेकार्ड पनि बोकेका छन् ।

अदालतले लामिछानेमाथि अनुसन्धान गर्न पक्राउ परेको दिनदेखि नै लागू हुने गरी ६ दिनको म्याद थपेको थियो । तर बयान नसकिएपछि उनीमाथि अनुसन्धान गर्न प्रहरीले बिहीबार फेरी ७ दिनको म्याद थपेको छ ।