१६ सिडिओसहित २७ अधिकारीहरूको सरुवा (सूचीसहित)

१६ सिडिओसहित २७ अधिकारीहरूको सरुवा (सूचीसहित)



काठमाडौं । १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सहित २७ कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले शुक्रवार विभिन्न जिल्लासहित मन्त्रालयका अधिकारीहरूको सरुवा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ । रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन् ।

दिनशेसागर भुसाललाई पर्साबाट भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ । लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।