बबईमा बगेर एक बालक बेपत्ता

बबईमा बगेर एक बालक बेपत्ता



घोराही । बबई नदीमा नुहाउन गएका तीन जना मध्ये एक बालक बेत्तपा भएका छन् ।

घोराही उपमहागनरपालिका-५ का ७ वर्षीय निशान डाँगी बबई नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको दाङका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले बताए ।

आइतबार बिहान १० बजेतिर तीन जना बालक बबई नदीमा नुहाउन गएका थिए ।

तीन मध्ये दुई जनाको स्थानीयले उद्धार गरेपनि एक जना बालक बगेर बेपत्ता भएको हो । उनको खोजी गर्न प्रहरी खटिएको छ।