सशस्त्रका जवान हिरासतमा मृत फेला

सशस्त्रका जवान हिरासतमा मृत फेला


ग्लोब नेपाल
297
Shares

दाङ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा मृत फेला परेका छन् । मृत्यु हुनेमा सशस्त्रका जवान प्यूठान वडडाँडाका रेवन पचभैया मगर छन् । उनी भालुवाङस्थित सशस्त्र प्रहरीको ज्वालामाई गणमा कार्यरत थिए ।

दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले मगर गञ्जी र टिर्सटको पासोमा झुन्डिएको अवस्थामा सोमबार बिहान शौचालयमा मृत फेला परेको बताए ।

१४ र ८ वर्षीया बालिकामाथि गत २४ असोजको साँझ पिङ खेल्न गएका बेला यौन दुर्व्यवहार गरेको आरोपमा ७ कात्तिकमा सशस्त्र प्रहरीले घटनाबारे आन्तरिक छानबिनपछि रेवन र सहायक हवल्दार भरत रोकामगरलाई प्रहरीको जिम्मा लगाएको थियो ।