इंगल्यान्डका अलराउन्डर ल्युकले चितवन राइनोजमा अनुबन्ध

इंगल्यान्डका अलराउन्डर ल्युकले चितवन राइनोजमा अनुबन्ध



काठमाडौं । इंगल्यान्डका अलराउन्डर ल्युक बेनकेनस्टेनले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । अलराउन्डर ल्युकलाई दोस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ ।

१९ वर्षीय ल्युकले ११ टी–२० क्रिकेटमा एक सय ५८ भन्दा धेरैको स्ट्राइक रेटमा एक अर्धशतकसहित एक सय ३६ रन बनाउनुका साथै ४ विकेट लिएका छन् । ल्युकले यही वर्षको जनवरीमा दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकपमा इङ्गल्यान्डको उपकप्तानी गरेका थिए ।

चितवनले यसअघि दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मस्र्यान्ट डे लाङ्गालाई अनुबन्ध गरेको थियो । चितवन राइनोजको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उपेश पटवाल रहेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने आठ वटा टोली सहभागी एनपीएल आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ सम्म सञ्चालन हुँदैछ ।