नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौंमा तीन ठाउँमा लाइभ देखाइने

नेपाल र बंगलादेशबीचको फाइनल खेल काठमाडौंमा तीन ठाउँमा लाइभ देखाइने



काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।