पोखरीमा कारसहित डुबेका २ जनाको शव निकालियो

पोखरीमा कारसहित डुबेका २ जनाको शव निकालियो


ग्लोब नेपाल
54
Shares

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा कारसहित डुबेका दुई जनाको शव निकालिएको छ।सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव निकालेका हुन् ।

सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई मंगलबार बिहान सर्लाहीकै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

कारमा सवार गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव फेला परेको हो ।

कारमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर-२ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए। उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको थियो।

पोखरीमा डुबेको कार निकाल्ने प्रयास भइरहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।