काठमाडौं । संयुक्त राष्ट्र संघको दक्षिण सुडान स्थित मिसनमा तैनाथ रहन ईश्वरीबक्स गुल्म (शान्ति सेना, हाई रेडिनेश गुल्म) आठौँ डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जनाएको छ ।
त्यसैगरी सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका १३५ जना शान्ति सैनिकहरूको टोली सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा स्वदेश फर्किएको निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया