नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य

नेपालले कुवेतलाई दियो १३१ रनको लक्ष्य



काठमाडौं । आईसीसी यू १९ महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटमा बिहीबार नेपाल र कुवेतबीच खेल भइरहेको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३० रन बनाएको छ । १३१ रनको लक्ष्य पाएको कुवेतले केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

नेपालका लागि कप्तान पुजा महतोले ३४ रन बनाइन् भने साना प्रविणले २५ र ज्योत्सिना मरासिनीले २३ रनको योगदान दिइन् । यूएईमा जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । प्रतियोगितामा अर्को टिम यूएई छ ।

सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदै छ ।