रवि लामिछानेलाई सरकारी वकिलकाे कार्यालय रुपन्देही पुर्‍याइयो

रवि लामिछानेलाई सरकारी वकिलकाे कार्यालय रुपन्देही पुर्‍याइयो



काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगीको अनुसन्धानकाे बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पुर्‍याइएको छ ।

लामिछानेलाई पोखराबाट बुद्ध एअरको विमानमार्फत आज १२:२० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गराइएकाे थियाे । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेराबीच लामिछानेलाई सिधै जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याइएको हाे ।

लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरेको छ ।

कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका १२ जना आरोपीलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो ।