दीपक मनाङे डिल्लीबजार कारागार चलान

दीपक मनाङे डिल्लीबजार कारागार चलान



काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । उनी ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै मंगलबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका हुन्

मनाङलेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरेकाे थियाे । उनलाई अदालतले केन्द्रीय कारागार पठाएको हो ।

मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो ।

उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङेले यसअघि नै साढे २ वर्ष सजाय काटिसकेको र अब फैसलाअनुसार मनाङेले बाँकी कैद भुक्तान गर्नुपर्ने बताइएको छ ।