काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दिएका छन् । आफूविरुद्ध गलत प्रचार गरेको भन्दै मन्त्री पाण्डेले पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।
मन्त्री पाण्डेले अनुशासन समितिमा हिजो र संसदीय दलमा आज उजुरी दिएको उनको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा गलत प्रचार गर्दै आएको मन्त्री पाण्डेले दिएकाे उजुरीमा उल्लेख छ ।
सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै गएकाे मंगलवार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया