५१ अंकले घट्याे शेयर बजार, १० अर्ब ४६ करोडको कारोबार

५१ अंकले घट्याे शेयर बजार, १० अर्ब ४६ करोडको कारोबार



काठमाडौं । शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ११ अंकले घटेर दुई हजार सात सय दुई दशमलव ६५ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज ङादी ग्रुप पावर, समृद्धि फाइनान्स र जानकी फाइनान्स कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अंकले घटेको दिन आत्मनिर्भर लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज तीन सय १० वटा कम्पनीका दुई करोड २५ लाख कित्ता शेयर १० अर्ब ४६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ४६ करोड रुपैयाँको शेयर किनबेच भयो ।