यु–१९ साफ च्याम्पियनसिप भारतमा

यु–१९ साफ च्याम्पियनसिप भारतमा



काठमाडौं । यु–१९ पुरुष साफ च्याम्पियनसिप भारतले आयोजना गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बुधबार बसेको चौथो भर्चुअल बैठकले भारतलाई प्रतियोगिता आयोजना गर्न दिने निर्णाय गरेको हो ।

यु–१९ तर्फ यो तेस्रो संस्करण आयोजना हुन लागेको हो । यसअघि नेपाल र भारतले दुईपल्ट यो उमेर समूहका प्रतियोगिता आयोजना गरेको थियो । सन् २०१५ मा भएको पहिलो संस्करणको फाइनलमा भारतलाई पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।

२०२३ मा भएको अर्को प्रतियोगिता भने भारतले आयोजना गर्दै उपाधि आफैंले सुरक्षित गर्‍यो । यसपल्ट प्रतियोगिता नोभेम्बर ५–१५ सम्म हुने साफले जनाएको छ ।