भारतका स्थल सेनाध्यक्ष द्विवेदी नेपालमा

भारतका स्थल सेनाध्यक्ष द्विवेदी नेपालमा



काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी बिहीबार नेपाल आएका छन् । द्विवेदी नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणको सिलसिलामा नेपाल आएका हुन् ।

पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी सुनिता द्विवेदी पनि सहभागी छन् । भ्रमण दललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारीलगायतले स्वागत गरे ।

भ्रमणका क्रममा जनरल द्विवेदीले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबिच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्नेछन् ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।