काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबार नमुना मतपत्र सार्वजनिक गरेको छ ।
जसअनुसार कीर्तिपुर नगरपालिकामा २० जना उम्मेदवार तय भएका छन् । सोही अनुसार आयोगले निर्वाचन चिह्न प्रदान गर्दै नमुना मतपत्र सार्वजनिक गरेको हो ।
आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त ४१ पदमा उपनिर्वाचन हुँदै छ । चवालिस स्थानका लागि उपनिर्वाचन गर्न लागिएकामा दुई जिल्ला समन्वय प्रमुख र एक वडा अध्यक्ष पद निर्विरोध भइसकेको छ ।
प्रतिक्रिया