काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् ।
सोमबार बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस सभापति देउवाले सत्ता गठबन्धन दलबीच सहमति भएपछि मधेशमा सरकार फेरिने बताएका हुन् । सभापति देउवाले सरकार परिवर्तन हुँदा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने पनि बताए ।
कांग्रेस धनुषाले आयोजना गरेको कार्यक्रममा सहभागि हुन जनकपुर आएका देउवाले कांग्रेस–एमालेबीचको गठबन्धन नटुट्ने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै देउवाले बीआरआईको रकम अनुदानमा लिनुपर्ने बताए । ‘बीआरआईको रकम ऋणमा नभई अनुदान लिनुपर्छ । हाम्रो स्पष्ट धारणा यही हो,’ उनले भने ।
प्रतिक्रिया