काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । चीनको छन्दु शहरमा आज अपराह्न उनीहरूबीच वार्ता भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण गर्न तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका सिलसिलामा मन्त्री डा राणा बिहीबार त्यसतर्फ गएकी थिइन् ।
उनीहरूबीच नेपाल चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण र त्यस अवसरमा हुने दुई देशबीचको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो ।
सो भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिइन् ।
प्रतिक्रिया