प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत

प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा स्वागत गरे ।

चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार बिहान प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओली ८७ सदस्यीय नेपाली प्रतिनिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन् । उनले मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

मंगलबार नै उनी चिनियाँ समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम छ ।