दोलखा । दोलखाको गौरिशंकर गाउँपालिका उपाध्यक्षको जारी मतगणनामा माओवादी केन्द्रकी निम लेकी शेर्पाले १३८० मत ल्याएर अग्रता कायमै गरेकी छन् ।
उनलाइ एमालेकी उमा लुंगेली मगर शेर्पाले १०१३ मत ल्याएर पछ्याएकी छन् । उनीहरूबीच ३६७ को मत अन्तर रहेको छ ।
कांग्रेसकी पासदिकी तामाङले ७९६ मत पाएकी भने रास्वपाकी गोमा श्रेष्ठले ६०, एकीकृत समाजवादीकी रविना खड्काले ३१ र राप्रपाकी मनकुमारी श्रेष्ठले २९ मत ल्याइन् ।
यसअघि गौरीशंकर उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङले ४ हजार ७४१ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला माओवादी केन्द्रले कांग्रेससँग तालमेल गरेको थियो ।
प्रतिक्रिया