काठमाडौं । यू–१९ पुरुष एशिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई १ सय २४ रनको लक्ष्य दिएको छ ।
यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १ सय २३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका उनिश ठकुरी र सन्तोष यादवले ३/३ विकेट लिए । यस्तै कप्तान हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिए ।
नेपाल र अफगानिस्तान दुवै टोली सान्त्वना जीतको खोजीमा छन् । १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलंकासँग र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।
प्रतिक्रिया