काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुद्ध आइतबार ३ दिन म्याद थप भएको हाे ।
भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंमाथी विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ । अहिले साइबर ब्यूरोले प्रसाईंविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनेर दिएको अभिव्यक्तिमाथि अनुसन्धान गरिरहेको छ ।
उनीविरुद्ध फेरि सीआईबीबाट पक्राउ पुर्जी जारी भएको छ । विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको हाे ।
प्रतिक्रिया