काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।
याे हारसँगै लुम्बिनी एनपीएलको प्लेअफ दौडबाट बाहिरिएको छ । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको हाे ।
काठमान्डुले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ । काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ ।
लुम्बिनीका लागि सन्दिप जोराले सर्वाधिक २६ रन बनाए । यस्तै उन्मुक्त चन्दले १४, सूर्य तामाङले अविजित ११ रन जोडे भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । दिपेश कँडेलले ४ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए ।
जेरार्ड एरासमसले २ र रासिद खानले १ विकेट लिए । शाहब आलमले किफायती बलिङ गर्दै ४ ओभरमा १० रन मात्र खर्चिए ।
त्यसअघि कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
काठमान्डुका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।
बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान १ विकेट झारे ।
प्रतिक्रिया