काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा गएको छ ।
विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।
विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको पोखराका लागि रेमन रिफरले अन्तिम बलमा छक्का प्रहार गर्दे खेल सुपर ओभरमा पुर्याउन सफल भएका हुन् ।
राम्रो सुरुवात गरेको पोखराले मध्यक्रममा रन बटुल्न सकेन । विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए ।
यो जारी एनपीएलको पहिलो सुपरओभर हो ।
प्रतिक्रिया