काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा पुस पहिलो साता भारतको भ्रमणमा जाने भएकी छन् । हाल युरोप भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणा जर्मनीबाट सिधै भारत जाने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।
उनी ‘इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स’मा सहभागी हुन भारतको नयाँ दिल्ली जान लागेकी हुन् । उक्त कार्यक्रममा उनलाई ‘कि नोट स्पिकर्स’को रूपमा बोलाइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, परराष्ट्रमन्त्री राणा पुस ४ गते नयाँ दिल्ली पुग्नेछिन् । उनी पुस ५ गते नयाँ दिल्लीमा हुने ‘इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स’मा सहभागी हुनेछिन् ।
नयाँ दिल्लीमा भारतका विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ताका लागि समय मागेकाे बताइएकाे छ ।
परराष्ट्रमन्त्री राणा पुस ५ वा ६ गते स्वदेश फर्किने छिन् ।
प्रतिक्रिया