यू-१९ महिला एसिया कपमा पाकिस्तानलाई हराउँदै नेपाल सुपर फोरमा प्रवेश

यू-१९ महिला एसिया कपमा पाकिस्तानलाई हराउँदै नेपाल सुपर फोरमा प्रवेश



काठमाडौं । यू-१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको छ । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटकाे क्षतिमा भेट्टाएको हो ।

नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् । त्यसैगरी सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनााएको हो ।

पाकिस्तानकी ओपनर कोमल खानले सर्वाधिक ३८ रन बनाइन् । ४४ बल खेलेकी उनले दुई चौका प्रहार गरिन् । मध्यक्रमकी महम अनिसले २९, रवैल फरहानले १३ कप्तान जोफिसान अय्याजले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

नेपालकी कप्तान पूजा महतोले सर्वाधिक दुई विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले २७ रन खर्चिइन् । यस्तै, रचनाकुमारी चौधरी, रिया शर्मा र सिमना केसीको नाममा समान एक विकेट रह्यो ।

पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।

नेपालले भोलि भारतसँग खेल्ने छ ।