अबको कुनैपनि चुनावमा गठबन्धन नगर्ने नेकपा एसको निर्णय

अबको कुनैपनि चुनावमा गठबन्धन नगर्ने नेकपा एसको निर्णय

२४ सदस्यीय सचिवालय गठन



काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी हुने सबै निर्वाचनमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।

स्थायी कमिटीको बैठकले अब हुने सबै निर्वाचनमा एक्लै लड्ने निर्णय भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।

उनले भने, हामीले कलम चुनाव चिन्हका उम्मेदवार प्रत्येक भागमा उठाउने तयारी गर्नको लागि तयार भएका छौं । हामी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेका छौं ।

त्यसैगरी बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।

जसमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

पदाधिकारी, पोलिट्ब्युरो र स्थायी समितिमा रहेकाहरूलाई संविधान संशोधन सुझाव कार्यदलमा राखिएको हो ।

२४ सदस्यीय सचिवालय गठन

नेकपा एकीकृत समाजवादीकाे स्थायी कमिटीको बैठकले २४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

उनका अनुसार सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव रहने बताए ।

यस्तै पार्टीलाई जनतासँग जोड्नको लागि पार्टीले विभिन्न अभियानहरु चलाउने निर्णय पनि गरेको बताए ।