काठमाडौं । सहकारीको रकम ठगी गरेको आरोपमा सङ्घीय संसद्को लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–३ को उमागौरी सहकारीको रकम अपचलनको आरोपमा अञ्जला कोइरालासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सात दिनभित्र प्रतिवादीहरू पक्राउ नपरे प्रहरीले सम्बन्धित व्यक्ति र प्रतिवादीको घरमा तामेली गर्नेछ ।
प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा गएको मङ्सिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालयले कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा उनीहरूविरुद्ध २२ करोड रुपैयाँ बिगो माग गरिएको छ ।
प्रतिक्रिया