काठमाडौं । बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो ।
बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको हाे ।
हिजो साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
त्यसैगरी हिजो नै १ बजेर २ मिनेटमा बझाङकै रायल केन्द्र भएर ३.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
प्रतिक्रिया