काठमाडौं । दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुरलाई फाइनलमा पुर्याउने न्युजिल्यान्डका ब्याटिङ अलराउन्डर जिमी निशमले जनकपुरलाई ट्रफी जित्ने अवसर रहेकाे बताएका छन् ।
निशमले १७ बलमा ४५ रन प्रहार गरेपछि जनकपुरलाई लक्ष्य भेट्टाउन सहज भएको हाे । खेलमा उनीलाई कर्णालीका युवा बलर विपिनप्रसाद शर्माले बोल्ड आउट गरे ।
बलिङमा २ विकेट लिएका निशम खेलको प्लेयर अफ दि म्याच बने ।
जनकपुरलाई फाइनलमा पुर्याएसँगै निशमले आफूहरूले फाइनल खेल डिजर्भ गर्ने बताए । उनले भने, ‘फाइनल अझै बाँकी छ, जनकपुरलाई ट्रफी जित्ने अवसर पनि छ ।’
उनले कीर्तिपुर मैदानको पिचमा ब्याटिङ गर्न अप्ठ्यारो भएको पनि बताए । उनले भने, ‘अप्ठ्यारो पिच छ । त्यहाँ टिकिरहन कठिन छ । अतिरिक्त पावर चाहिन्छ । पिच चेन्ज भइरहन्छ । बिहान टफ हुन्छ । दिउँसोको अलि फरक छ ।’
कर्णालीका विपिनले होटलमा भेट हुँदा आफ्नो विकेट लिने बताएको पनि जिमीले सुनाए ।
उनले नेपालमा रमाइलो गरिरहेको पनि सुनाए । उनले भने, ‘हस्पिटालिटी धेरै राम्रो छ । खेल इन्जोए गरिरहेको छु ।’
फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया