गाजा । गाजामा २० लाख भन्दा बढी मानिसहरू फसेका संयुक्त राष्ट्र सङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) का आपतकालीन अधिकारी लुइस वाटरिजले शुक्रबार बताएका छन् ।
युएनआरडब्लुएले हालैका दिनहरुमा गाजामा खराब मौसम अवस्था जारी रहने अपेक्षा गरेको छ । यसका बाबजुद पनि एजेन्सीलाई आश्रय सहायताभन्दा खानालाई प्राथमिकता दिन बाध्य पारिएको छ । यसैबिच, संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले गाजाका बालबालिकामा जारी सङ्कटको असरप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।
गाजामा युनिसेफका प्रमुख सञ्चार अधिकारी रोसालिया बोलिनले बालबालिकाको एउटा पुस्ताले आफ्नो अधिकारको गम्भीर उल्लङ्घन र आफ्नो भविष्यको विनाशको पीडा भोगिरहेको कुरा प्रकाश पारे । चौध महिनाभन्दा बढी समयदेखि बालबालिका विपद्को छेउमा बाँचिरहेका छन्, जसमा १४ हजार ५०० भन्दा बढी बालबालिकाको मृत्यु भएको र हजारौं घाइते भएका छन् ।
युनिसेफले पनि जाडो सुरु हुने बित्तिकै स्थिति खराब हुने चेतावनी दिएको छ । गाजाका बालबालिकाहरु चिसोको सामना गरिरहेका छन् । धेरैले अझै गर्मीको लुगा लगाएर खाली खुट्टा हिंडिरहेका छन् ।
प्रतिक्रिया