सप्तरी । एनपीएलमा जनकपुर बोल्ट्सका समर्थकमाथि विभेदकारी व्यवहार गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा टायर बालेर प्रदर्शन गर्दै सडक बन्द गरेको छ ।
जनमतका सप्तरीका कार्यकर्ताहरूले सोमबार एक घन्टा सडक बन्द गरेर लाठीसहित प्रदर्शन गरेका हुन् ।
जनकपुर बोल्टसका समर्थकहरूमाथि केही अराजक व्यक्ति र समूहले अपमानजनक तथा विभेदकारी व्यवहार गरेको भन्दै जनमत पार्टीले सडक बन्द गरेर प्रदर्शन गरेको हो ।
शनिबार भएको एनपिएलको फाइनलपछि केही व्यक्तिहरूले जनकपुर बोल्टसलाई लक्ष्य गर्दै आक्रमण र अपमानजनक शब्द प्रयोग भएको भन्दै जनमतका प्रवक्ता शरदसिंह यादवले आइतबार विज्ञप्ति निकालेर उक्त घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेका थिए ।
जनमत पार्टीले रंगभेदी क्रियाकलाप गर्नेहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन गृह प्रशासनलाई आग्रह पनि गरेको थियो ।
प्रतिक्रिया