काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाबाटै गुट फस्टाउने काम भएकाे छन् ।
सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि बाध्य हुनपरेको जिकिर गरे ।
उनले कांग्रेसभित्र विचलन रहेको पनि स्वीकार गरे । ‘वास्तवमा अहिले पार्टीमा हामीबीच विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०/६० को भागबण्डा भनेर भन्नुभयो,’ कोइरालाले भने, ‘मैले पहिला भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । सभापतिजीले केही पनि सुन्दै नसुन्ने हो भने त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरूलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ ।’
सभापति देउवाले नै गुटलाई फस्टाइदिने गतिविधि गरेपछि अफ्ठ्यारो परिस्थिति सिर्जना भएकाे उनकाे आरोप छ ।
‘अहिलेको आदरणीय सभापति किसुनजीको अनुयायी हो । गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँदो रहेछ । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरू भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । बीपी, गणेशमान र अरु नेताहरू भएको भए के गर्नुहुन्थ्यो ।’
प्रतिक्रिया