काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ । बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।
नेकपा (एमाले)का अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बिहान ११ बजे बस्ने भनिएको बैठक केही ढिला गरेर सुरु भएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको मिति निर्धारण गर्नाका साथै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्नेछ ।
बैठकमा पार्टी संगठन विस्तार र समसामयिक राजनीतिक विषयमा विचारविमर्श हुने उनको भनाइ छ ।
प्रतिक्रिया